२०७६ चैत्र २६, बुधबार
Follow Us on:

अब घरमै बसी पब्जी खेलेर जित्नुहाेस रू ५० हजार पुरस्कार

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेला कोरोना भाइरस (कोभिड–१९’को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरिसकेको छ ।

यसैबीच बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को निर्माण पक्षले साथी–साथी मिलेर घरबाटै खेल्न सकिने खेल ‘पब्जी’ (PUBG) प्रतियोगिताको आयोजना गरेको छ । आइतबार मात्रै निर्माता/निर्देशक सन्तोष सेनले पब्जीप्रेमीहरुका लागि ‘प्रेमगीत–३ पब्जी प्रतियोगिता’को घोषणा गर्नुभएको हो ।

यस प्रतियोगितामा सहभागिता जनाउनका लागि यस लिङ्कमा आफ्नो नाम दर्ता गराउनुहाेस् ।

उहाँले भन्नुभएको छ, ‘विश्वमा फैलिरहेको महामारी रोग कोरोना (कोभिड–१९) नेपालमा पनि नआउला भन्ने छैन । त्यसैले यस रोगको सतर्कता अपनाउनका लागि नेपाल सरकारले सबैलाई घरैमा बस्न अपील गरिसकेको छ । त्यसैले ‘प्रेमगीत–३’को सम्पूर्ण टिमले दर्शकहरुलाई मनोरञ्जन दिनका लागि साथी–साथी मिलेर खेल्न सकिने खेल ‘पब्जी’ प्रतियोगिताको आयोजना गरेको छ ।’

उहाँले थप्नुभयो, ‘आ–आफ्नो घरमा रहेर पनि साथीहरुसँगै छौं भन्ने सबैलाई आभाष दिलाउन र मनोरञ्जन प्रदान गर्नका लागि खेलाइने यस खेल दिनको दुई पटक खेलाइनेछ । उक्त खेल आसुसेन फिल्मसको युट्यूव च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।’

‘प्रेमगीत–३ पब्जी प्रतियोगिता’मा सहभागिता जनाउनका लागि यस https://discord.gg/E59uY3y लिङ्कमा आफ्नो नाम दर्ता गराउनका लागि पनि निर्माता सेनले आग्रह गर्नुभएको छ । साथै, उहाँले पब्जीप्रेमीहरुका लागि मेन्सन गरे सेयर गर्न पनि आग्रह गर्नुभएको छ ।

यो प्रतियोगिता २५ मार्चबाट सुरु गरिने पनि निर्माता सेनले जानकारी गराउनु भएको छ । उहाँका अनुसार कुल एक लाख पचास हजार पुरस्कार राशी बराबरको खेल हुनेछ । प्रतियोगिता विजेतालाई पचास हजार नगदबाट पुरस्कृत गरिने निर्माता सेनले जानकारी गराउनुभयो ।

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिज गरिने भनिएको ‘प्रेमगीत–३’को रिलिज स्थगित गरिएको छ । चाँडैनै नयाँ रिलिज मिति तय गरेर सबैलाई जानकारी गराउने निर्माता सेनले जानकारी गराउनुभएको छ ।

यो फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । यो फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, सुजल बस्नेत, जीवन भट्टराई, राज थापालगाएत मुख्य भूमिकामा छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *