२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

बिहेपछि पलले गरे आँचललाई अनफलो !

काठमाडौं: लामो समयसम्म फिल्म जगतमा पल शाह र आँचल शर्मा प्रेममा रहेको चर्चा चलिरह्यो । यो जोडीलाई दर्शकले रुचाए । म्युजिक भिडियोमा हिट भए पनि पल र आँचलले एकसाथ अभिनय गरेका फिल्मले भने खासै व्यापार गर्न सकेनन् ।

यी दुईको भेट ‘नाइँ नभन्नू ल ४’ को अडिसनका क्रममा भएको थियो ।

फिल्म वृत्तमा चर्चा चलिरह्यो, पल र आँचल प्रेममा छन् । फ्यानलाई पनि यही लागेको थियो । तर, यी दुईले आफ्नो प्रेमको हल्लाबारे कहिल्यै स्वीकार गरेनन् ।

सामाजिक सञ्जालमा इन्स्टाग्राममा पलले आँचल फलो गरेका थिए । आँचलको इङ्गेजमेन्टको समयसम्म पनि यी दुईले एकले अर्कालाई फलो गरेका थिए । रमाइलो कुरा त पलले जम्मा १० जनालाई फलो गरेका थिए । तीमध्ये एक थिइन् आँचल शर्मा ।

हिजो फागुन २९ गते आँचल शर्माले पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग बिहे गरे । धुमधामका साथ आँचल र उदिपको बिहे भयो ।

यता इन्स्टाग्राममा भने पलले आँचललाई अनफलो गरेका छन् । पललाई इन्स्टामा १ लाख ५० हजारले पछ्याएका छन् ।

पलले मात्र आँचललाई अनफलो गरेका होइनन् । आँचलले पनि पललाई अनफलो गरेकी छिन् । जबकि, आँचलले पललाई फिल्म क्षेत्रको सबैभन्दा राम्रो साथी भएको भन्दै तारिफ गर्दै आएकी थिइन् ।

पछिल्लो समय आँचल शर्मा र पल शाहले पनि एकसाथ काम पनि गरेका छैनन् । किन एकले अर्कालाई अनफलो गर्न बाध्य भए, त्यो त समयसँगै खुल्दै जाला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *