२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

ब्ल्यू फिल्मबारे सन्नी लियोनीकाे धारणा यस्ताे

एजेन्सी : भारतमा गुगलबाट सर्वाधिक खोजिको नाम हो, सन्नी लियोनी । ब्ल्यू फिल्ममा अभिनय गर्ने भएकाले उनलाई हेर्ने रुची धेरैलाई हुन्छ । उनीबारेमा धेरैले एक प्रकारको धारणा बनाइसकेका हुन्छन् ।

आफूबारे त्यस किसिमको धारणा आफ्नै कारणले बनेको उनलाई जानकारी छ । म मेरो विचार र जीवनबारे पारदर्शी छु। तर मानिसहरू मलाई मेरो पुरानो पेसासँग जोडेर हेर्छन्। यसमा उनीहरूको कुनै गल्ती छैन। तर समयसँगै म पनि परिवर्तन भएकी छु र मानिसहरूले पनि ममा आएको यो परिवर्तनलाई बुझ्लान् भन्ने आशा छ।

सनीले पहिला बलिउडमा ‘आइटम नम्बर’ भनिने गीतहरूमा काम गरेकी थिइन्। पछि उनले चलचित्रमा अभिनय पनि गरिन्।

सनी लिओनीको वास्तविक नाम करनजीत कौर हो। उनको जीवनमा आधारित भएर निर्माण गरिएको वेब शृङ्खलामा त्यो नाम प्रयोग भएको भन्दै सिखहरूका शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले विरोध गरेको थियो।

यसबारे सोध्दा आफ्नो नाम राहदानीमै भएको बताइन्। उनका अनुसार आमाबाबुले नै उनको नाम करनजीत कौर राखिदिएका हुन्।

तर उनीहरू दिवङ्गत भइसके र उनको दाबी पुष्टि गर्न सकिने स्थिति छैन। उनले भनिन्, ‘मेरो वास्तविक नाम करनजीत कौर हो र मेरो कामको नाम मात्र सन्नी लियोनी हो।’ पोर्न चलचित्रमा काम गरेकोमा सनी लियोनीलाई लज्जा वा हीनताबोध छैन।

भारतमा व्यक्तिगत रूपमा पोर्न हेर्नमा कुनै प्रतिबन्ध छैन। तर त्यहाँ पोर्न सामग्रीको निर्माण र वितरण गैरकानुनी छ।

संसारको सबैभन्दा ठूलो पोर्न वेब्साइट ‘पोर्नहब’का अनुसार अमेरिका, ब्रिटेन र क्यानडापछि भारतमा सबैभन्दा धेरै पोर्न हेर्ने गरिन्छ।

उनी आफूलाई मन परेको कुरा मान्न अरूलाई बाध्य नपार्ने बताउँछिन्। परिवारबाट समाजमा विचार जाने र प्रत्येक महिलाको विचार उनका आमाबाबुबाट बन्ने उनको धारणा छ।

तर आमाबाबुले उनको निर्णय भने स्वीकार्न सकेका थिएनन्। उनकाअनुसार उनी आमाबुबालाई सम्मान गर्ने तर आफ्नो निर्णय आफैँ लिन्छिन्।

अब उनका आफ्नै बालबच्चा छन्। उनले एउटी धर्मपुत्री पालेकी छन् भने सरोगेसीमार्फत् दुई छोरा पनि जन्माएकी छिन्।



के उनी आफ्नो पुरानो पेसाको कुरा आफ्ना बच्चालाई बुझाउन सक्लिन् ?

उनलाई त्यति सहज अनुभव त भएन। तर यो प्रश्न उनको मनमा नआएको पनि होइन। उनले आफ्नो जीवनमा लिएका निर्णयका कारण सिर्जित मानिसहरूको धारणासँग बाँच्न सजिलो पनि छैन।

तर साहसपूर्वक उनले त्यो अहिले आफ्नो सरोकार नभएको बताइन्। तर उपयुक्त समयमा छोराछोरीलाई वास्तविक कुरो बताउने उनको योजना छ।

बिबिसी हिन्दीबाट साभार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *