२०७६ चैत्र २६, बुधबार
Follow Us on:

आज नायिका आँचल शर्माको शुभ बिवाह, सुखद दाम्पत्य जिबनको शुभकामना

काठमाडौं: पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माको सोमबार चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।सोमबार साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आयोजना गरिँदैछ । वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई आमन्त्रण गरिएको छ ।आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।जोनी जेन्टल म्यान, नाइ नभन्नु ल ४, शत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् ।

शर्माले गर्न लागेको अन्तरजातीय विवाहलाई दुबै परिवारले स्वीकार गरिसकेका छन्।दर्शकले पल शाहसँग आफूलाई जोडेपनि शाह आफ्नो मिल्ने साथिमात्रै भएको शर्माले बताइन्।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *