२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

दार्चुला महोत्सव २०७६ काे तयारी तिब्र: २४ जना कलाकारहरुकाे प्रस्तुती रहने

ललित सामन्त

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन हुने सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७६ को तयारी तिब्रताका साथ भइरहेको छ । “अपि, नाम्पा, मालिकार्जुन चौलानी र महाकाली दार्चुलाको शान,नेपाल भम्रण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ अगामी फागुन ४ गतेदेखी फागुन १३ गतेसम्म लाग्ने दार्चुला महोत्सव २०७६ को तयारी भइरहेको हो ।

महोत्सबको पुर्बतयारी स्वरुप महोत्सब स्थल तयार गर्ने, प्रचारप्रसार गर्ने, आर्थिक संकलन र कलाकार छनोटको काम भइरहेको छ । महोत्सबमा राष्ट्यि ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री,भरत क्षेत्री,मनोज धामी,शिशिर, योगी बैकुठ महत,कृष्ण क्षेत्री,राम जी खाण सहभागि हुनेछन । यस्तै मनिष खडका,चक्र बम,अर्जुन सापकोटा,रुपा घर्ती मगर,रेखा जोशीको समेत सहभागिता रहने दार्चुला उद्योग बाणिज्य संघका सचिव सर्प राज बडुले जानकारी दिनु भएको छ ।

यस्तै यो वर्षको महोत्सवमा पुर्णकला बेशी,टिका पुन रन्जीता थापा,ज्योति थापा ,चन्दा अर्याल,लाल बहादुर धामी,कृष्ण धामी,कल्पना ढुङगाना,सावित्री भुजेलको सहभागिता रहने समेत आयोजकले जनाएको छ । मेला महोत्सबबाट स्थानीय उद्यमी, व्यवसायी, सहभागि गराएर व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको दार्चुला उद्योग बाणिज्य संघका सचिव बडुको भनाई रहेको छ ।

गत वर्ष दार्चुला महोत्सवमा १ सय ५१ वटा स्टल राखिएकाेमा यस वर्ष १ सय १ वटा मात्रै राख्ने तयारी भएको बाणिज्य संघले जानकारी दिएको छ । यो वर्षको दार्चुला महोत्वको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्रि एवं रक्षा मन्त्रि ईश्वर पोखरेलले गर्ने भएका छन ।

महोत्सबमा सौका जातीको मौलीक संस्कृति भेषभुसाको प्रदर्शन, दार्चुलाको दुहु, मार्मा, मल्देश, लेकम र ब्यास क्षेत्रको मौलीक भेषभुसा र संस्कृतिको प्रदर्शनी, मौलिक खानाका परिकारहरुको बिक्रि तथा प्रदर्शनी, पशु तथा बाख्रा पालको प्रदर्शनी, कृर्षि जन्य बस्तुहरुको प्रतियोगितात्मक प्रदर्शन गराइने छ ।

हरेक दिन राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुद्धारा गीत, नृत्य र हास्य ब्यग्य सहितको सास्कृतिक प्रदर्शनी, स्थानीय कलाकारहरुद्धारा सास्कृतिक प्रदर्शनी गराइने छ । यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रमगरीने बताइएको छ ।

महोत्सबको प्रचारप्रसारकालागी जिल्ला स्थित सम्पुर्ण रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमका साथै राष्ट्रिय टेलिभिजनसंग सम्झौता गरेर एक दुई दिनभित्रै प्रचार प्रसारको काम गरीने भएको छ । महोत्सवको समान केही पुगीसकेको र केही पुगीरहेको उद्योग बाणिज्य संघ दार्चुलाका बरिष्ठ उपाध्यक्ष मदन सिह बुढाथोकीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *