२०७६ माघ ७, मङ्लबार
Follow Us on:

‘म यस्तो गीत गाउँछु २’को दाेस्राे गीत ‘दुःखको काँडा’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं : सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत आज (बिहीवार) सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सनिष श्रेष्ठको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द अर्जुन पोखरेलको रहेको छ । यस्तै गीतमा महराज थापाको एरेन्ज छ ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि पुनः पल शाह र पूजा शर्मालाई दोहोर्‍याएर निर्देशक थापाले दोस्रो भाग बनाएका हुन् । गीतको भिडियोमा पल शाह र पूजा शर्मालाई शीर्ष भूमिकामा देख्न सकिन्छ ।

लभस्टोरी यो फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा रजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्मलाई वनिष शाह र मिलन श्रेष्ठले निर्देशन गरेका हुन् ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको फिल्मको कथा सुदर्शन थापाले लेखेका हुन् ।

फागुन २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको रिलिजअघि राम्रो चर्चा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *