२०७६ माघ ७, मङ्लबार
Follow Us on:

रणवीर सिंहलाई छोडेर कोसँग जन्मदिन मनाउँदैछिन् दीपिका?

एजेन्सी: बलिउड अभिनेत्री दीपिका पादुकोण आजभोलि फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् । यो फिल्ममा उनी एसिड आक्रमणमा परेकी युवतीको भूमिकामा देखिनेछिन् ।

रणवीर सिंहसँग बिहे गरेपछि दीपिकाको पहिलो फिल्मका रुपमा ‘छपाक’ रिलिज हुँदैछ । फिल्म रिलिजअघि दीपिकाले आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन् ।

यस वर्ष आफ्नो जन्मदिनमा दीपिकाले विशेष योजना बनाएकी छिन् । भारतीय मिडियाका अनुसार दीपिकाले आफ्नो जन्मदिनमा पार्टी दिने छैनिन् । बरु उनले यो जन्मदिन एसिड आक्रमणमा परेका युवतीहरुसँगै मनाउनेछिन् ।

मिडिया रिपोर्टका अनुसार दीपिका आफ्नो जन्मदिनमा लखनऊको एक क्याफेमा हुनेछिन्, जुन क्याफेलाई एसिड पीडितहरुले चलाइरहेका छन् ।

यो निर्णयलाई दीपिकाका फ्यानले राम्रो काम भन्दै प्रश‌ंसा गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *