२०७६ माघ ७, मङ्लबार
Follow Us on:

मनोज गजुरेलको दोस्रो विवाह: सामाजिक सञ्जालमा भाइरल

काठमाडौं: वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल अहिले नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा छन् । त्यहाँ उनले नेपालको कमेडी क्षेत्रमा लागिरहेका नवप्रतिभाहरुलाई गाइड गर्दैछन् । गत सोमबार प्रसारित कार्यक्रममा मनोज गजुरेलले आफूले दोश्रो विवाह गर्ने खुलासा गरेका छन् । एक प्रतिस्पर्धीको कमेडीमा उत्तर दिँदै उनले दोश्रो विवाह गर्ने खुलासा गरेका हुन् ।

“दोस्रो विवाह गर्दै मनोज गजुरेल” शिर्षकको समाचार यतिबेला सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा सक्रिय कलाकार मध्य एक हुन गजुरेल, तर; उनले यश बिषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

कार्यक्रमको शुरुवातमा टप १५ बाट बाहिरिएका प्रतिस्पर्धी खड्गबहादुर पुन मगरले वाइल्ड कार्ड इन्ट्रीको लागि आफ्नो प्रस्तुती दिए । प्रस्तुतिको क्रममा उनले भर्खरै विवाह गरेकी जज ऋचा शर्मालाई आफ्नो विवाहमा नबोलाएकोमा व्यङ्ग्य गर्दै थिए ।

उनले जज शर्मालाई पहिलो विवाहमा नबोलाए पनि दोश्रो विवाहमा बोलाउनु भन्दै व्यङ्ग्य गरे । यसै प्रसङ्गमा मनोज गजुरेलले हत्त न पत्त भने, ‘ऋचाले नबोलाए पनि म बोलाउँछु बाबु ।’

दुई वर्षअघि गजुरेलले श्रीमती मीना गजुरेलसँग डिभोर्स गरेका थिए । उनीहरुले एकअर्कासँग सममतिमै डिभोर्स गरेका थिए । उनले दोश्रो विवाह गर्ने भन्दै प्रस्तुतिको क्रममा भनेपनि वास्तविकतामा भने खुलाएका छैनन् । यद्यपि उनले दोश्रो विवाह गर्ने संकेत गरेको हुनसक्ने धेरैको अनुमान छ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *