२०७६ कार्तिक २९, शुक्रबार
Follow Us on:

रानु मण्डलको चकित पार्ने भिडियो भाइरल: फ्यानले छोएपछि भनिन्, ‘मलाई हात नलगाऊ, सेलिब्रेटी बनिसकेँ’

नयाँ दिल्ली : पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु मण्डल सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आइन् । उनको सङ्घर्षको कथाका कारण धेरैले रानुप्रति सहानुभूति देखाए ।

उनको चर्चा चलिरहँदा हालै रानुको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोले धेरैलाई चकित बनाइदिएको छ ।

हालै रानु मण्डल सुपर मार्केटमा सपिङ गर्न पुगिन् । त्यही सिलसिलामा रानुका फ्यानले उनलाई छुँदै बोलाए र सेल्फी खिच्न भने । त्यही बेला रानु मण्डल भड्किइन् । भिडियोमा रानु मण्डल आफ्ना फ्यानप्रति निराश भएको देख्न सकिन्छ ।

भिडियोमा रानु मण्डलले ‘मलाई नछोऊ, म सेलिब्रेटी भइसकेँ’ भनेको बताइएको छ । इन्टरनेटमा भाइरल भइरहेको यो भिडियोबारे दर्शकले अनेक टिकाटिप्पणी गरेका छन् ।

रानु केही महिनाअघि रातारात स्टार बनेकी थिइन् । उनले लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ स्टेशमा बसेर गाएकी थिइन् । यो गीत भाइरल भएपछि हिमेश रेशमियाले एक गीतमा मौका दिएका थिए । त्यसपछि उनी थप चर्चित बनेकी थिइन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *