२०७७ जेष्ठ १९, सोमवार
Follow Us on:

को हुन् ‘मुन्द्रेको कमेडी क्लब’का फुलन्देकी आमा

काठमाडौँ : पछिल्लो समय ‘नेपाल टेलिभिजन’ बाट प्रसारण हुँदै आएको निकै चर्चित कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’का एक पात्र हुन् फुलन्देकी आमा । उक्त कमेडी क्लबमा नेपालमा नाम चलेका कलाकार र केही नयाँ कलाकारहरूको सहभागिता रहेको छ । हरेक सोमबार ९ बजे प्रसारण हुने कार्यक्रममा दीपा श्री निरौला सभापति रहेकी छिन् भने कार्यक्रम चर्चित हास्य सञ्चालन कलाकार जितु नेपाल (मुन्द्रे) ले गरेका छन् । जितु र दीपा सँगै, हास्य कलाकार राजाराम पौडेल, राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलन्देकी आमा) र अन्य कलाकारहरूको अभिनय देख्न पाइन्छ । कार्य्रक्रममा उमेश राई फुलन्देकी आमा बनेका छन् । उनको प्रस्तुति धेरै दर्शकहरूले मन पराएका हुन्छन् ।

को हुन् फुलन्देकी आमा
तपाई सोची रहनु भएको होला फुलन्देकी आमा केटी होलिन् तर तपाई त्यो सोचमा हुनुहुन्छ भने तपाई गलत सावित हुनुहुन्छ । वास्तवमा उनी केटा हुन् भने उनको वास्तविक नाम हो उमेश राई ।
दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए र चर्चित कलाकार बन्न पुगे। भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात पारे।

यो क्षेत्रमा नयाँ अनुहार भएपनि उनले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा निर्वाह गर्ने ‘फुलन्देको आमा’ भूमिकाका कारण उनी रूचाइएका छन्। महिला पात्रको भूमिका गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने आफ्नो दृष्टिकोण परिवर्तन भएको उनी बताउँछन्। पुरुष भन्दा महिला कुनै पक्षमा कमजोर नहुने उनको बुझाइ छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *