२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

पिडैपिडाले भरिएको प्रदेशीहरुको गीति एल्बम – “प्रदेशी”

प्रकाश ढकाल , युएई

पछिल्लो समयमा गीत सँगीतमा अत्यन्तै रुचिका साथ गीत सँगीतमा होमिएका अनिस दवाडी एक सँगीतका बिद्यार्थि पनि हुन । प्रदेशी भुमिबाटै सँगीतमा होमिएका उनले लोक सँगीतलाइ निकै अगाडी बढाएका छन ।

पछिल्लो समयमा बजारमा आईसकेका तथा सफलता हासिल गरेका उनका गीतहरु प्रगतीको खोजिमा , तिम्रा बाउलाई गुल्टाईदिम,नेपाल जान मन लाग्योनी,बलत्कारी लाई फाँसी दिनु पर्यो भन्ने जस्ता गीतबाट चर्चित उनले ढुकढुकि,पागल प्रेमी,रोल्पा सल्यान,नाच छमछमी जस्ता एल्बममा मा शब्द तथा सङ्गीत भरिसकेका छन ।

अहिले प्रदेशमा रहेका लाखौ प्रदेशिहरुको बिषयवस्तु लाई समेटेर “प्रदेशी” नामक गीति एल्बम बजारमा ल्याएका छन । अनिश दवाडी र सम्झना भण्डारी को आवाजमा सजिएको उक्त गीतको शब्द भने नवराज अधिकारी तथा सरिना तामाङ्ग को रहेको छ ।

मनकुमारी मगरको सँगीत बिजय पोख्रेलको सम्पादन रहेको भिडियोको निर्देशन राजेश भण्डारीले गरेका हुन । नवराज अधिकारी र निरुता अधिकारीको बेजोड अभिनय रहेको उक्त भिडियोमा लाखौ प्रदेशीहरु भोगिरहेका पिडाहरुलाई समेत कैद गरिएको छ ।

गितको पुरा भिडियो हेर्न तल click गर्नुहोला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *