२०७७ जेष्ठ १९, सोमवार
Follow Us on:

पशुपति शर्माले आज धादिङ तताउदै


धादिङबेसी । धादिङबेसीमा जारी धादिङ पर्यटन तथा औद्योगिक मेला २०७५ लाई आज लोक गायक पशुपति शर्माले तताउने भएका छन् । लुट्न सकेलुट कान्छा भन्ने गितसंगै पछिल्लो समय चर्चा र विवादमा तानिएका शर्माको पछिल्लो समय मेला महोत्सवमा धेरै माग हुन थालेको छ । आफ्नो पृथक शैलीको कारण संधै चर्चामा रहने गायक शर्माको प्रस्तुती सुन्नलाई धादिङ आतुर रहेको सम्झना श्रेष्ठले लेकबेशी खबरलाई जानकारी दिईन् ।

आज शर्मा सहित सम्झना लामिछाने, देव आले, सरोज सिंखडा, भगवती उप्रेती लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।

जिल्ला होटल संघ धादिङले फागुन १७ गतेबाट आयोजना गरेको धादिङ पर्यटन तथा औद्योगिक मेलामा २०७५ भोलीसम्म चल्ने छ ।

मेलामा हिजो शनिबार चर्चित गायीकापूर्णकला बिसी, दुर्गा परियार, बिन्दा परियार, गिता सेन्चुरी, नविन पौडेल लगायतका कलाकारको मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *