२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

नेपाल आईडलबाट निलिमा थापा आउट

मंसिर ७, काठमाण्डौ । नेपाल आईडलबाट निलिमा थापा मगर बाहिरीएकी छिन् । पोखराबाट अडिसन दिएकी निलिमाले गोल्डेन माईक जित्दै सिधै टप १२ मा पुग्न सफल भएकी थिईन् । आफैँ अभ्यास गर्दै गाउन थालेकी निलिमा थापा मगरले अहिले सम्म कहिँ कतै पनि संगीत बारे औपचारिक ज्ञान नलिएको बताउदै आएकी छिन् । यस अघि पोखरामा बिग आइकनमा टप ५ सम्म पुग्न सफल भएकी उनी नेपाल आईडलबाट भने टप ७ बाट बाहिरीएकी हुन् ।

आमासंग बस्दै आएकी निलिमाले आफुले बावुलाई नचिनेको बताउछिन् । आमाको कामलाई सघाउदै आएकी उनले स्थानिय विद्यालयमा टिफिन डेलिभरीको काम समेत गर्दै आएकी थिईन्। उनी संग स्थानिय स्कुलमा शिक्षिकाको रुपमा कार्य सम्पादन गरेको समेत अनुभव छ ।
पहिलो नेपाल आइडलमा अडिसन राउण्डबाटै आउट भएकी उनी यसपालि अडिसनमा गोल्डेन माईक जित्दै आईडलको यात्रा सुरु गरेकी थिईन् । विद्यालय ड्रेसमै अडिसन दिन आई पुगेकी उनी गोल्डेन माईक जित्ने एकमात्र महिला प्रतियोगी समेत हुन् । आफ्नो कला र गलाको जादु देखाउदै टप ७ सम्म आईपुग्न सफल निलिमा जस्तो सुकै गितलाई पनि न्याय गर्दै गाउन सक्ने गायिका समेत हुन् । उनले म्युजिकलाई जिवनको लक्ष बताउदै आएकी छिन् ।

उनको अहिले विश्वभर हजारौ फ्यानहरु रहेका छन् । निलिमा आउट भएसंगै नेपाल आईडलमा प्रतिस्पर्धीको संख्या ६ जनामा झरेको छ । यसै बिच अब नेपाल आईडलमा एक मात्रै महिला प्रतिस्पर्धी अस्मीता अधिकारी प्रतिस्पर्धामा रहेकी छिन् । नेपालमा चलिरहेको अन्तराष्ट्रिय स्तरको गायन प्रतियोगिता नेपाल आईडल धेरै रुचाईएको रियालिटी सो समेत हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *