२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

साउदीबाट फेरी एक चेली रुदै लाइभमा, भाइरल बन्दै बेली र चमेली (भिडियो सहित)

असोज १९, काठमाण्डौ । प्रदिप अधिकारीले आफ्नो संगेतिक कोशेली बेली र चमेली बजारमा ल्याएका छन् । आफ्ना थुप्रै उत्कृष्ट गितहरु मार्फत दर्शक र श्रोताहरुको मन जित्न सफल भएका अधिकारी पछिल्लो गित बजारमा ल्याए संगै निकै चर्चामा रहेका छन् । समयको माग अनुसार गित पस्कन सक्नु उनको खुबी हो । समाजका विकृति विसंगती र यर्थाथलाई गितको शब्दमा उर्तान सक्ने खुबी भएका अधिकारीलाई राम्रो रचनाकारको रुपमा लिन सकिन्छ ।

यसैबिच यति बेला बजारमा निकै चर्चामा रहेको प्रदेशमा बेचीएकी एउटी चेलीको कथामा आधारित गित युटुबमा थोरै समयमा धेरैले हेरेका छन्। रोजगारीको लागि महिला दिदी बहिनीहरु बिभिन्न खाडी लगायतका देशमा जाने क्रम बढे संगै त्याहाँ उनीहरुले भोग्ने समस्या र पाउने दुखलाई गितमा उर्ताने कोशिस गरिएको छ । खास गरि इजरायल लान्छु भनेर साउदी अरबमा लगि बन्धक बनाईएकी एक चेलकिो घटनामा आधारित भएर यो गित निमार्ण गरिएको छ । पछिल्लो समय फेसबुक लगायतका सामाजिक संजालबाट यसरी बेचीएका, ठगिएका चेलीहरु सम्पर्कमा आउने क्रम बढेसंगै त्यसलाई पनि गितमा देखाउने कोशिस गरिएको छ ।

धेरै चेलीहरुको उद्धार गर्न सहयोगि भुमिका खेलेको सिँधा कुरा जनतासंग टेलिभिजन कार्यक्रम र यसका प्रस्तोता रवि लामिछाने संग आफुलाई उद्धार गर्न चेलीले सहयोग मागेको कुरालाई पनि गितमा देखाउने कोशिस गरिएको छ ।

बिदेशी भुमीमा यसरी बेचीन बाध्य बनाउनेहरु आफ्नो नजिककै मानिसहरु हुने र यसरी बन्धक जीवन विताउदा खेप्न पर्ने पिडा लगायतका कुरालाई गितमा जस्ताको तस्तै उतारिएको छ । साथै नेपाली चेलीलाई नबिदेशिन पनि गित मार्फतनै अनुरोध गरिएको छ ।

गीतको शब्द सृजना प्रदिप अधिकारी गरेका हुन भने लय खेम सेञ्चुरीको रहेको छ । गितमा चर्चीत गायिका बिष्णु माझी र गायक सुदिप कार्की र ईन्द्र नेपालीले आफ्नो स्वर दिएका छन् ।

गितको म्युजीक भिडीयोमा चर्चीत कलाकार अञ्जु निरौला र महेन्द्र गौतमका साथै बिमल श्रीपाली,हरीभक्त त्रिपाठी,जयराम कार्की र बिजय बाल्कोटीको अभिनय रहेको छ । म्युजीक भिडीयो निर्देशन कपिल लामाले गरेका हुन्।

                                      पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *