२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

धादिङका कृशल कंडेल नेपाल आईडलको टप टेन मा

असोज १९, काठमाण्डौ । अहिले नेपालमा चलिरहेको अन्तराष्ट्रिय स्तरको गायन प्रतियोगिता नेपाल आईडलले आफ्नो टप टेन प्रतियोगि पाएको छ । हजारौबाट छानिएका प्रतिस्पर्धी मध्ये आज शुक्रबारसम्म आई पुग्दा त्यसको संख्या घटेर १० जनामा झरेको हो । यस हप्ता हिना मल्ल बराईली प्रतियोगिताबाट बाहिरिए संगै प्रतियोगि संख्या १० जनामा आईपुगेको हो । आईडलको नियम अनुसार गाला राउण्डबाट भोट र जर्जको निर्णयको आधारमा प्रत्येक हप्ता १/१ जना प्रतियोगिको संख्या घट्दै जान्छन् ।

अहिले नेपालमा यो गायन प्रतियोगितालाई निकै रुचाईएको छ ।  गायनमा आफ्नो भविष्य खोज्नेहरुको लागि यो रियालीटी सो ठुलो अबसर समेत बन्दिएको छ । यसै सो मार्फत राता-रात भाईरल हुनेको संख्या पनि धेरै छ । हिजोसम्म सामान्य जीवन बिताईरहेका हरु अहिले यसै सोको कारण सेलीब्रेटी बनेका छन् ।

यसै बिच धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने कृशल कंडेल नेपाल आईडलको टप टेनमा पर्न सफल भएका छन् । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका सल्यनाकोटका कंडेल, आफ्नो स्वरको जाँदु छर्दै अहिले धेरै नेपाली र नेपाली भाषीहरुको मनमा बस्न सफल भएका छन् । उनी नेपाल आईडलको कान्छा प्रतिस्पर्धी समेत हुन् । हरेक दिन उनलाई उनको फेसबुक लगायतको सामाजिक संजालमा फलो गर्नेहरुको संख्या बढ्दै गएको छ ।

उनको प्रस्तुती हेर्नको लागि तल क्लिक गर्नु होला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *