२०७७ असार २०, शनिबार
Follow Us on:

कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाउनेलाई सरकारले काम दिने

काठमाडौं: कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जान नपाउने नेपालीहरुलाई सरकारले रोजगारी दिने भएको छ । सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलन मार्फत यस्तो बताउनु भएको हो ।

काम गर्न चाहाने नेपाली नागरिकले आफ्नो नाम सूचिकृत गराउनु पर्ने मन्त्री खतिवडाले बताउनु भएको छ । अहिलेको जटिल परिस्थितिमा सानो–ठूलो नभनी जस्तोसुकै काम गर्न तयार हुनेलाई सरकारले काम उपलब्ध गराउने मन्त्री खतिवडाले स्पष्ट पार्नु भएको हो ।

हाल कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि कतिपय गन्तव्य मुलुकहरुले आवागमनमा प्रतिबन्ध लगाएपछि नेपालीहरु रोजगारीका लागि विदेश जान पाएका छैनन् ।

नेपालले पनि मार्च २० देखि अप्रिल १५ तारिखसम्मका लागि यूरोप, खाडी, मलेसिया, दक्षिण कोरिया लगायत कोरोना संक्रमित मुलुकहरुबाट आवागमनमा प्रतिबन्ध लगाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *