२०७७ साउन २९, बिहिबार
Follow Us on:

देशभरीका सबै श्रमिकलाई एकै ठाउँमा जोड्नका लागि श्रमिक बैंकको स्थापना गर्ने

काठमाडौं: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र श्रमिक बैक खोल्न भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले देशभरीका सबै श्रमिकलाई एकै ठाउँमा जोड्नका लागि श्रमिक बैंकको स्थापना गर्ने बताएका छन् ।

मन्त्री यादवले तीन महिनाभित्र अध्ययन सक्ने र श्रमिक बैंकको स्थापना गरेर देशभरीका श्रमिकलाई बैंकमा जोडेर रोजगारी प्रदान गर्ने योजना रहेको बताए ।

श्रमिक बैंकमा सबै श्रमिक जोडिन सक्छन् । बैंकमार्फत श्रमिकलाई सीप प्रदान गर्न सातै प्रदेशमा सीप विकास तालिम केन्द्र सञ्चालन गर्ने सकिन्छ ।

उनले भने, बैंकमा जोडिएका श्रमिकले आफूले चाहेको आफ्नो इच्छा र चाहना अनुसारको रोजगारी छनोट गर्न पाउँछन् । सरकारले विगतदेखि नै श्रम र श्रमिक बैक खोज्ने योजना अघि सरेको थियो । अब केही महिना भित्र त्यो काम पुरा हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *