२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

कोरिया जाने तयारीमा रहेकाहरुलाई आयो दुखद खबर

काठमाडौं: रोजगारीको आकर्षक गन्तब्य मानिने दक्षिण कोरिया पछिल्लो समय आर्थिक मन्दीसँग जुध्न बाध्य भएको छ । कोरियाको निर्यातमुखी अर्थतन्त्रमा आएको गिरावटको असर त्यहाँको साना तथा मझौला उद्योगमा पर्न थालेको छ । जसको असर नेपालमा पनि पर्न गएको छ ।

खास गरे कोरियामा आएको आर्थिक मन्दीसँगै रोजगारदाताले विदेशी श्रमिकको मागमा गरेको कटौतीको असर नेपालमा पर्न गएको हो । ठिक यसै बेला कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली नेपाल आएको छ । टोलीले वैदेशिक रोजगार विभागसँग भएको छलफलमा कोरियन भाषा परीक्षा उत्तीर्ण कामदारलाई धेरै नकुराउन आग्रह गरिएको छ ।

इपिएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रहरुमध्ये कम्प्यूटरमा आधारित परीक्षा प्रणाली लागू गर्न नेपाल मात्रै बाँकी रहेको र नेपालले पनि यथाशीघ्र त्यसको लागि चाहिने भौतिक पूर्वाधार तयार गर्न कोरियन पक्षले अनुरोध गरेको छ ।

महानिर्देशक किमसँग कोरियन कामदारले भाषा परिक्षा उत्तिर्ण गरिसकेपछि पनि लामो समय कुर्नु पर्ने समस्या राखे लगत्तै महानिर्देशक किम सुङ्गले आफूले औपचारिक माध्यमबाट आएपछि आवश्यक संवादका लागि समन्वय गर्ने बताएका छन् ।

कोरियाले भाषा परीक्षालाई दोस्रो र सिप परीक्षणलाई पहिलो प्राथमिकतामा राखी कामदार छनौट प्रक्रियामा कडाइ गरेपछि नेपालमा समेत कोरियाको रोजगारीप्रति आकर्षण घटेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *