२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

नबिल बैंकद्वारा ग्राहक सेवा केन्द्रको सुभारम्भ

काठमाडाैँ: आफ्ना ग्राहकहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले नबिल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नबिल बैकका ग्राहकहरुलाई ३६५ दिनै सेवा दिनका लागि सेवा केन्द्रको सुभारम्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

ग्राहक सेवा केन्द्रले आगमन र गमन कलहरू दुबै सम्हाल्ने र यसले देश तथा बिदेशमा रहेका ग्राहकबर्गहरूलाई सुचना आदान प्रदान गर्ने कार्य गर्ने शाहले बताए ।

उनले भने “बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ण सेवा प्रदान गर्न मद्त गर्ने, ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको जनाएको छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टहरु रहेको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *