२०७७ मंसिर १७, बुधबार
Follow Us on:

तिहार बिदाका ३ दिन कुनै पनि बैंक नखुल्ने

काठमाडौं: तिहारको विदाका समयमा बैंकको शाखा कार्यालयहरू बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको हो ।

हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले तिहारको बिदाका बेला शाखा कार्यालय समेत बन्द गर्ने निर्णय गरेको हो । संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने बताएको छ ।

सो अवधिमा डिजिटल बैंकिङ सेवा निरन्तर हुनेछ । साथै, एटीएम सेवा पनि सञ्चालन हुनेछ । संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *