२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

सुनको भाउ घट्यो !

काठमाडौँ: बिहीबार सुनको भाउमा झिनो गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *