२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

सुनको मुल्य ह्वात्तै बढ्यो !

काठमाडौं: हिजो (बुधबार) ६ हजार २ सयले घटेको सुनको भाउ आज तोलामा २ हजार ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेका अनुसार आज प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन हिजो ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *