२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

काठमाडौं: नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपालमा पनि मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *