२०७७ असार २०, शनिबार
Follow Us on:

सुनको मूल्य ह्वात्तै घट्यो !

काठमाडौं: बिहीबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ ।

बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १५ सयले गिरावट आउँदै ७५ हजार रुपैँयामा कारोबार भएको हो ।

तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

याे पनि हेर्नुहाेस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *