२०७६ चैत्र २२, शनिबार
Follow Us on:

दुई दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढ्यो

काठमाडौं । दुई दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने बढेको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ ।बिहीबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ पनि उकालो लागेको छ । बिहीबार ८ सय ७५ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर तोलाको ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *