२०७७ अशोज ५, सोमवार
Follow Us on:

आज सुनको मूल्य ह्वात्तै बढ्याे

काठमाडौं, १६ माघ । बिहीबार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएर ७६ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ । बिहीबारको बजारमा तेजाबी सुन पनि ७ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ७६ हजार रुपैयाँ पुगेको हाे ।

त्यसैगरी बुधबार ८ सय ७० रुपैंया कायम रहेको चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएर बिहीबार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको छ । सोमबार र मङ्गलबार भने ७६ हजार पुगेको सुनको मूल्य चार सयले तल झर्दै बुधबार प्रतितोला ७५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार सुन प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा खरिद–बिक्री भएको थियो। गत पुस अन्तिममा प्रतितोला ७६ हजार ५ सय रूपैयाँसम्म पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य पछिल्लो समय ओरालो लागेको थियो।

घट्न थालेको सुनको मूल्य पुनः बढेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताउँछन् । मूल्य बढेसंगै खरिदकर्तामा कमि आएको र आफूसँग भएका गहना बेच्न चाहने ग्राहकहरुको संख्या मात्र बढीरहेको व्यवसायीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *