२०७७ साउन २९, बिहिबार
Follow Us on:

सुनको मूल्य घट्ने क्रम जारी, आज कति पुग्यो ?

काठमाडौं: पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो । केही दिन अघि बढ्दै गएको सुनचाँदीको मूल्य बिहीबारबाट घटेको छ ।

बिहीबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ९ सयले घटेर ७४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *