२०७६ माघ ७, मङ्लबार
Follow Us on:

सुनको मूल्य घट्याे

काठमाडौं: केही दिनदेखि अस्थिर रहेको सुनको मूल्य बिहीबार एक हजार रुपैंयाले घटेको छ ।

बुधबार ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार १ हजार रुपियाँले घटेर प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने २० रूपैयाँले घटेर ९ सय रुपैंया कायम भएको छ ।

पछिल्लो एक सातादेखि सुनको मूल्य अस्थिर छ । अमेरिका र इरानबीच जारी तनावले विश्व बजारलाई प्रभाव पारेसँगै अन्तर्राष्ट्रय बजारमा शेयर, डलर, सुन र पेट्रोलियम पदार्थको मूल्य प्रभावित भएको छ ।

पछिल्लो समय सुनको मूल्य घटबढको अवस्था कस्तो भइरहने भन्ने अनुमान गर्न कठीन भए पनि यो मूल्य अझै बढ्न सक्ने व्यवसायीहरु बताउँछन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *