२०७६ माघ ७, मङ्लबार
Follow Us on:

सुनको मुल्य घट्याे

काठमडौं: लगातारजसो बढेर नयाँ उचाइँमा पुगेका सुन–चाँदीको मूल्य मंंगलबार केही भने घटेको छ ।

आज मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७५ हजार ५०० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। सोमबार छापावाला सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।

तेजावी सुनको मूल्य पनि मंगलबार प्रतितोलामा ५०० रुपैयाँले नै घटेर ७५ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार तेजाबीकाे मूल्य प्रतिताेला ७५ हजार ७०० रुपैयाँ पुगेकाे थियो ।

यसैगरी मंगलबार चाँदीको भाउ पनि २० रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *